विराटनगर/ मोरङको बुढी गंगा गाउँपालिका २ बिराटनगर ईटहरी सडक खण्डमा बस दुर्घटनामा बस चालकको मृत्यु भएको छ । दुर्घटनामा भने ३ जना घाईते भएका छन् ।
बिहबार राती बिराटनगरबाट ईटहरी तर्फ जाँदै गरेको को १ ख ६९५२ नम्बरको बस आफैं अनियन्त्रित भई सडकको डिभाईडरमा ठोक्किदा घाईते भएका ४ जनालाई उपचारका लागि टिचिङ अस्पताल गंगा चोक लगिएकोमा उपचारको क्रममा बसका चालक धनकुटाको साँगुरी गढी गाऊँपालिका ७ का २९ बर्षीय जोशन राईको मृत्यु भएको हो । अन्य ३ जना घाईतेको सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Facebook Comments Box