कोरोना संक्रमण फैलिएको भन्दै बिराटनगरमा स्थानीय सरकारले १५ दिनका लागि लक डाउन घोषणा गरेको छ । बिराटनगर महानगरले आज एक सार्वजनिक सूचना प्रकाशित गर्दै आज मद्य्यराती १२ बजेदेखि लागू हुने गरि आगामी साउन ३० गते राती १२ बजे सम्मका लागि लक डाउनको घोषणा गरेको हो । सो अवधि सम्म अत्यावश्यक सेवाबाहेक अन्य कामका लागि हिड्डुलमा रोक लगाइएको छ । कोरोना रोकथाम तथा ब्यवस्थापन सम्बन्धीको महानगरस्तरीय समितिको निर्णय अनुसार सो लकडाउन गरिएको उल्लेख छ । बिराटनगरमा पछिल्लो समय समुदायमै कोरोना संक्रमण फैलिएको छ ।

Facebook Comments Box