आज हिन्दु धर्मावलम्बीहरुले जनैपुर्णिमा पर्व मनाउदैछन । आजको दिन ब्राम्हन वा गुरुहरुबाट मन्त्रोच्चारण गरि पवित्र बनाईएका जनै लगाउने चलन छ ।                 हिन्दु सस्कार अनुसार उपनयन अर्थात ब्रतबन्ध गरेका पुरुषले धागोबाट बनाइएको जनै लगाउने चलन छ । आजको दिन पुरानो जनै फुकालेर नयाँ जनै लगाउने गरिनाले जनै फेर्ने दिनका रूपमा पनि लिइन्छ। आजकै दिन चेलीहरुले आफ्ना माईतीलाई बोलाएर हातमा रक्षाबन्धन बाधिदिने गर्छन । दिर्घायु र सुस्वास्थ्यको कामना गर्दै मिस्ठान्न भोजन गराउने र उपहार साटासाट गर्ने चलन रहि आएको छ । यस पटक कोरोनाको कारण मठ मन्दिरहरु बन्द हुनाका साथै घर घरमा पुगेर रक्षाबन्धन बाध्न रोक लगाइएको छ ।

Facebook Comments Box