दमक/ झापामा पाँच सहित नेपालमा थप ४१८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा झापामा थप ५ जना कोरोनासंक्रमित थपिएका छन् ।

झापाको विर्तामोड र अर्जुनधाराका गरी पाँच जना नयाँ संक्रमित फेला परेका हुन् । प्रादेशिक अस्पताल विराटनगरमा गरिएको परिक्षणमा ४ र कोशी अस्पताल विरानगरमा एक जनामा गरिएको परिक्षणमा पोजिटिभ रिपोर्ट आएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा संक्रमतिको संख्या २० हजार ७५० पुगेको छ ।
थपिएका पाँच जनामा झापाको विर्तामोड र अर्जुनधाराका छन् ।
यसैगरी इटहरी उपमहानगरपालिका कार्यालयमा कार्यरत एक सवारी चालक सहित तीनजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । इञ्जिनयर सहित वार्ड नं ६ का एक पुरूष र कार्यालयकै एक सवारी चालकलाइ कोरोना पुष्टि भएको हो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ६६ जनाको नमूनामा ३ जनामा कोरोना पोजेटिभ देखिएको इटहरी उपमहानगर स्वास्थ्य शाखा प्रमुख रामचरण चौधरीले बताए ।