दमक/ झापाको दमक –५ स्थित पञ्चमुखी सिरामिक (एच एन्ड आर जन्सन ब्राण्डको आधिकारिक बिक्रेता) ले आफ्नो ब्राण्डको टायलमा नेपालको नयाँ स्वरुप नक्साङकन गरेर नगरपालिकालाई हस्तान्तरण गरेको छ ।

२ फिट चौडा र ४ फिट लम्बाईको आकारमा नेपालको नयाँ नक्सा डिजाइन गरेर नयाँ स्वरुपको मानचित्र ( नक्सा) हस्तान्तरण गरेको हो ।
पञ्चमुखी सिरामिकका प्रोप्राइटर सुवास साहले नगरपालिकामा पुगेर नगर प्रमुख रोमनाथ ओली र प्रमुख प्रशासकिय अधिकृत गणेश तिम्सिनालाई सो नक्सा हस्तान्तरण गरेका छन् ।
नेपालको अतिक्रमित भुमी लिपुलेक लिपियाधुरा समेतलाई समेटेर नेपाल सरकारले नयाँ नक्सा जारी गरेपछि सोको खुशीयालीमा आफूले सो नक्सा बनाएर हस्तान्तरण गरेको प्रोप्राइटर साहले बताए । नक्साको डिजाइनका लागि जानकार र अनुभवीहरुसंग परामर्श लिइएको साहले बताए ।

दमकमा तीन दशक अघिदेखि साहका बुबा रामनाथ साहले चियापत्तीको कारोबार गर्दै व्यवसायिक यात्रा शुरु गरेका हुन् । साह पछिल्लो समय मार्वल्स तथा टायल्स (एच एन्ड आर जन्सन ब्राण्डको आधिकारिक बिक्रेता)का रुपमा रहेका छन् ।

Facebook Comments Box