बिराटनगर । कोरोना संक्रमणका कारण बिराटनगरमा आज एक पुरुषको मृत्युु भएको छ । कोशी अस्पतालमा उपचारका लागि आएका बिराटनगर ५ का ७७ बर्षका वृद्धको आज मृत्यु भएको हो । अस्पतालका चिकित्सक डा दिपक सिग्देलका अनुसार उनी स्वास प्रस्वासमा समस्या आएपछि उपचारका लागि अस्पताल आएका थिए । उनलाई आईसोलेसनमा राखेर उपचार गरिराखिएकोमा उपचारका क्रममा मृत्यु भएको र उनको कोरोना परिक्षण रिपोट पोजिटिभ आएको डा सिग्देलले बताएका छ्न ।