एजेन्सी/ भारतको गुजरातस्थित अहमदावादमा रहेको कोरोना विशेष उपचार गरिने एक अस्पतालमा आज भएको आगलागीमा तीन महिलासहित ८ जनाको मृत्यु भएको छ ।
त्यहाँको नवरंगपुरा भन्ने ठाउँमा रहेको श्रेय अस्पतालमा आगलागी हुँदा ८ जना कोरोना संक्रमितको मृत्यु भएको हो । सर्ट सर्किटका कारण आगो लागेको त्यहाँस्थित अग्नी नियन्त्रण विभागले जनाएको छ । अस्पतालमा उपचार गराइरहेका अन्य ४० कोरोना संक्रमित बिरामीलाई अर्को अस्पतालमा सारिएको छ । आगो नियन्त्रण खटिएका अग्नि नियन्त्रण दलका सबै कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको छ ।
सो घटनाका बिषयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दै दुःख व्यक्त गरेका छन् । उनले घटनामा परी ज्यान गुमाएका परिवारप्रति समवेदना प्रकट गर्दै सबै प्रभावितहरुको सहयोगका लागि प्रशासनले सहयोग पु¥याइरहेको समेत जानकारी दिएका छन् । उनले सो घटनाबारे गुजरातका मुख्यमन्त्री विजय रुपाणीसँग पनि कुराकानी गरेको जानकारी गराएका छन् ।    (बिबिसी हिन्दीबाट)

Facebook Comments Box