दमक/ झापाको मेचीनगर र विर्तामोडमा एक /एक जनासहित देशभर पछिल्लो २४ घण्टामा ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले जनाए अनुसार यससंगै नेपालमा संक्रमितको संख्या २२ हजार नाघेको छ । आज सम्ममा नेपालमा संक्रमितको संख्या कूल २२ हजार २१४ पुगेको हो ।
हाल प्रदेश १ मा ४२५ , प्रदेश २ मा २ हजार ८३९ , वागमती प्रदेशमा ९४३ , गण्डकी प्रदेशमा २७६ , प्रदेश ५ मा २७६ , कर्णलाी प्रदेशमा २३१ र सुदूरपश्चिममा एक हजार २४० सक्रिय संक्रमित रहेका छन् । संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७० पुगेको छ । पछिल्लो २४ घण्टामा ५ संक्रमितको ज्यान गएसंगै मृतकको संख्या ७० पुगेको हो ।