दमक/ पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना संक्रमण पुष्टि भएका ६७ जना मध्ये ६४ जना मोरङ जिल्लाका मात्रै छन् । मोरङमा ६४, झापामा २ र सुनसरीमा १ जनामा संक्रमण पुष्टि भएको हो । मोरङमा थपिएका ६४ मध्ये ३२ जना विराटनगरका मात्रै छन् । ति ३२ मध्ये सबैभन्दा धेरै विराटनगर २ का रहेका छन् । विराटनगरस्थित न्यूरो हस्पिटलका थप २ जना कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ । न्युरो अस्पतलाको प्रशासनतर्फका एक जना पुरूष र सरसफाइ गर्ने एक जना महिलामा कोरोना संक्रमण देखिएको हो । यस्तै मोरङ सहकारी अस्पतलामा १ जना पुरूषमा संक्रमण देखिएको छ । बिहीबार मोरङ सहकारीमा एक जना चिकित्सकसहित ५ जना संक्रमण पुष्टि भएको थियो ।
मृत्यु हुने विराटनगरका
कोशी अस्पताल विराटनगरमा उपचारका क्रममा आज मृत्यु भएका ५८ वर्षीय वृद्धको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासका अनुसार विराटनगर–९ का उनी एक हप्तादेखि ज्वरो, खोकी र श्वासप्रश्वासको समस्याबाट पीडित थिए । विराटनगरमा कोरोना सङ्क्रमणबाट आजसम्म तीन जनाको मृत्यु भएको छ ।

Facebook Comments Box