दमक/झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीसहित अन्य जनप्रतिनिधि र सर्वसाधारणहरुको आज पीसिआर परिक्षणका लागि स्वावको नमुना संकलन गरिएको छ ।


आज नगर प्रमुख ओली, दमक नगरस्तरीय क्वारेन्टाइन व्यवस्थापन समिति संयोजक समेत रहेका वडा नं ४ का वडाध्यक्ष कुमार साम्सुहाङ, २ का वडाध्यक्ष प्रजापति सापकोटा, वडा नं ५ का वडाध्यक्ष इन्द्र गुरुङ, १० का वडाध्यक्ष बोधराज न्यौपाने लगायतको स्वावको नमुना संकलन गरिएको हो । दमक नगरमा हाल सम्म १४ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ भने १० जनाले कोरोना जितेर घर फर्किएका छन् ।
स्वास्थ्यकर्मीहरुको टोलीले आज दमकको पाथीभरा होटलस्थित क्वारेन्टाइन र दहाल प्रतिष्ठानमा रहेको क्वारेन्टाइनस्थलमा नमुना संकलन गरेको थियो । आज संकलित नमुना धरान तथा विराटनगरमा रहेका प्रयोगशालामा परिक्षणका लागि पठाइने नगरपालिका क्वारेन्टाइन व्यवस्थापन समिति सदस्य समेत रहेका स्वास्थ्य शाखाका कर्मचारी कुवेर भट्टराईले जानकारी दिए ।

Facebook Comments Box