दमक/   शनिबार (आज) एकै दिन झापाका तीन ठाउँमा सडक दुर्घटना भएका छन् । पूर्व पश्चीम राजमार्ग अन्तर्गत शिवसताक्षी, कन्काई र मेची नगरमा भएका अलग अलग दुर्घटनामा एक नाबालिकासहित चार जना गम्भिर घाईते भएका छन् ।
शिवसताक्षी ८ मा पूर्व तर्फ आउँदै गरेको मोटरसाइकलको ठक्करबाट स्थानीय चन्द्रबहादुर पुर्कुटीकी ६ बर्षिया छोरी भुमिका पुर्कुटी गम्भिर घाईते भएकी हुन् । त्यस्तै कन्काई ८ विरिङ पुलमा विपरित दिशाबाट आईरहेको एम्बुलेन्स र ट्रक एकापसमा ठोक्किदा भएको दुर्घटनामा एम्बुलेन्स चालक विराटनगरका ४ का २८ बर्षिय रञ्जित गिरी गम्भिर घाईते भएका छन् । उनीहरु दुवैको विएण्डसी अस्पताल विर्तामोडमा उपचार भईरहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । त्यस्तै आजनै मेचीनगर १२ स्थित देउनिया पुलमा स्कुटरको ठक्करबाट पैदलयात्री अर्जुनधारा ६० बर्षिय बल बहादुर मगर र स्कुटर चालक भद्रपुर ९ की मायावती राजवंशी घाईते भएका छन् । दुवै जनाको कन्काई अस्पताल विर्तामोडमा उपचार भईरहेको जनाइएको छ ।

Facebook Comments Box