दमक / झापाको दमकमा सञ्चालित न्यु जागृती बचत तथा ऋण सहकारी संस्थाले नवौ स्थापना दिवस आज मनाएको छ ।
दमक ६ मा सञ्चालित सो संस्थाले स्थापना दिवसको अवसर पारेर दमक २ स्थित हंम्से दुम्से सामुदायिक बन क्षेत्रमा टिक जातका ५ सय बिरूवा रोपेको छ ।
दमक २ का वडा अध्यक्ष प्रजापति सापकोटा, हंम्से दुम्से सामुदायिक बन उपभोक्ता समिति अध्यक्ष हिमालय दाहाल र न्यु जागृती साकोसका अध्यक्ष बिमल खतिवडाले संयुक्त रूपमा वृक्षारोपणको शुरुवात गरेका थिए ।


सहकारीले अघिल्ला वर्षहरूमा रक्तदान, नगर सरसफाइका जस्ता कार्य गर्दै आएको भए पनि यसवर्ष दमकलाइ पर्यटन संग जोड्न सकिने प्राकृतिक रूपले सुन्दर हंसे दुम्से सामुदायिक बनमा रोपिएका बिरूवा हुर्काउने जिम्मा सहित वृक्षारोपण गरिएको सहकारीका अध्यक्ष बिमल खतिवडाले बताए ।
कार्यक्रममा वडाध्यक्ष सापकोटा र वनका अध्यक्ष हिमालय दाहालले बन क्षेत्रमा धेरै वृक्षारोपणका कार्यक्रमहरू भए पनि विरुवा हुर्काउने जिम्मेवारीसहितको वृक्षारोपण आवश्यक भएको बताए । उनीहरुले बिरूवाको गोडमेल र संरक्षणमा समेत ध्यान दिन अनुरोध गरे । सो संस्थामा १ हजार १ सय भन्दा बढी शेयर सदस्यहरु रहेका जनाइएको छ ।

Facebook Comments Box