दमक /  दमक १ मा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।  ईलामको साक्फारा घर भई हाल दमक नगरपालिका १ मा बस्दै आएका २८ बर्षीय रोशन तामाङको करेन्ट लागेर मृत्यु भएको हो ।

गए राती ९ बजे घर नजिकै रहेको खेतमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लाग्दा उनी घाईते भएका भएका थिए । उनलाई उपचारका लागि एडभान्स अस्पताल दमक लगिएकोमा उपचारको क्रममा राती १० बजे मृत्यु भएको हो । सो घटनबारबारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

मलामी गएका युवक तमोरमा वेपत्ता
धनकुटाको चौबिसे गाउँपालिका ५ का ३३ बर्षीय महेन्द्र याक्खा तमोर नदीले बगाएर बेपत्ता भएका छन् ।
सोमवार दिउँसो छिमेकीको मृत्यु भएकाले मलामी गएका याक्खा नुहाउने क्रममा अचानक नदीले बगाएर बेपत्ता भएका हुन् । उनको प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोली र स्थानीयले खोजी जारी राखेका जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

Facebook Comments Box