दमक/दमक –७ स्थित इष्टर्न स्टार बोर्डिङ स्कूलका विद्यार्थीहरुले आज आफ्नो नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम गरेका छन् । विद्यार्थीहरुले अन्तरसदनात्मक रुपमा सञ्चालन गर्दै आएका गतिबिधिहरुलाई अझ सशक्त बनाउन र लोकतान्त्रि विधि अपनाउने अभ्यास स्वरुप निर्वाचन प्रकृया अपनाएका हुन् ।

विद्यालयमा राखिएको नियमानुसार गत बर्षनै निर्वाचित सहायक क्याप्टेन सजना राईनै यस बर्षका लागि स्वत क्याप्टेन हुने भएकाले आज सहायक क्याप्टेन र ४ वटा सदनका छात्र छात्रा अलग अलग क्याप्टेन चयनका लागि निर्वाचन गरिएको हो ।  सहायक क्याप्टेन चयनका लागि दुई जनाको उम्मेद्वारी परेको थियो । आयुष चम्लागाइँ र ह्दय पूलामीले क्याप्टेन पदमा उम्मेद्वारी दर्ता गराएका थिए ।

निर्वाचन कार्यक्रममा कक्षा ६ देखि १० सम्म कूल १८० जना विद्यार्थीले सहभागिता जनाएका छन् । विद्यालयमा पठनपाठन हुने कोर्षमा नै निर्वाचनको बिषय रहेकाले अनिवार्य निर्वाचन कार्यक्रम सञ्चालन गर्ने गरिएको निर्वाचन संयोजक आरके दासले जानकारी दिए ।
निर्वाचन कार्यक्रमका क्रममा आवश्यक उम्मेद्वार भन्दा धेरैको उम्मेद्वारी परेका कारण मतदानमा जानु अघि उम्मेद्वारहरुका बिषयमा करिब आधा घण्टा ककस कार्यक्रम समेत सञ्चालन गरिएको सहायक प्रिन्सिपल घनश्याम कोइरालाले बताए ।

 

ककसपछि मतदान शुरु हुनु अघि सक्षिंप्त मन्तव्य राख्दै विद्यालयका प्रिन्सिपल एलडी सोताङ राईले विद्यार्थीहरुमा लोकतान्त्रिक पद्धतीको महत्व र यसको गरिमालाई बुझाउन निर्वाचन कार्यक्रमले मद्धत पुरयाउने विश्वास गरिएको बताए ।

Facebook Comments Box