दमक । झापाको दमकमा केही बर्ष अघिदेखि वैदेशिक रोजगारबाट फर्किएका दुई युवाले सन्चालनमा ल्याएको मासु ब्यवसाय दमक मिट्मार्टलाई बिस्तार गर्दै आजदेखी होटलका रूपमा समेत सन्चालन गरेका छन ।

मोहन खतिवडा र तुलसी भट्टराईले संचालन गर्दै आएको सो ब्यवसायलाई बिस्तार गर्दै आजदेखी खाना बिशेष होटेल समेत सन्चालनमा ल्याएका हुन । होटलको ओपनिङका अवसरमा आज पहिलो दिननै १०० जना भन्दा धेरैलाई मासुका विभिन्न परिकारसहित खाना उपलब्ध गराइएको संचालक खतिवडाले बताए । दमकका अगुवा युवा सागर खनालले कोरोना संक्रमणका बाबजुद युवाहरु ब्यवसायिक क्षेत्रमा लगानीका लागि उत्सुक भैइरहेकोले उनीहरुलाई प्रोत्साहन गर्नु आवश्यक रहेको बताए ।

Facebook Comments Box