दमकमा आज एक जना होम क्वारेन्टाइन बसिरहेका र बाहिर समुदायका पाँच जनासहित कुल ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये २ जनाको स्थायी ठेगाना शिवसताक्षी रहेको नगरपालिकाका स्वास्थ्य निरीक्षक बद्री बरालले जानकारी दिए । संक्रमण भेटिएकाहरु सबै पुरुष रहेका छन ।