दमक/ झापाको दमकमा आज मंगलबार एकैदिन लगभग २५० जनाको पीसिआर परिक्षणका लागि स्वाव संकलन गरिँदैछ ।
केहिदिन यता लगातार कोरोना भाइरसको संक्रमण समुदायस्तरमा देखिएपछि परिक्षणको दायरा बढाइएको हो ।

यस अघि सातामा दुई पटक नियमित रुपमा पीसिआर परीक्षणका लागि स्वाव संकलन गर्ने गरिएको र एकपटकमा १ सय हाराहारीको मात्रै संकलन गरिँदै आएकोमा संक्रमितहरुको सम्पर्कमा आएका र क्वारेन्टाइनमा रहेकाहरुको ठुलो संख्यामा स्वाव संकलन गर्ने काम धमाधम भईरहेको नगरपालिकाले जनाएको छ ।  विद्युत प्राधिकरण वितरण केन्द्र दमकमा खटिएका नगरपालिकाका स्वास्थ्य निरिक्षक बद्री बरालले सके सम्म कन्ट्रयाक ट्रेसिङमा परेका धेरै मानिसहरुको स्वाव संकलन गरेर प्रयोगशाला पठाउने तयारी भईरहेको बताए । उनले आज दमकमा थप ७ जनामा संक्रमण पुष्टि भएको पनि जनाए ।

Facebook Comments Box