हेटौंडा । हेटौंडा ६ स्थित गौरीटार आइसोलेसनमा रहेका कोरोना सन्क्रमितहरुलाई मकवानपुर कुखुरा ब्यवसायी संघले कुखुराको मासु र अण्डा खुवाउन शुरु गरेको छ । संघका अध्यक्ष राजु अधिकारीका अनुसार एक महिना सम्म प्रति बिरामी दैनिक २ अण्डा र सातामा दुई पटक मासु उपलब्ध गराउन शुरु गरिएको हो । बिरामीको स्वास्थ्यलाई मध्यनजर गर्दै चिकित्सकहरुको सल्लाहमा मासु र अण्डा उपलब्ध गराइएको हो । उपलब्ध गराइएको मासु र अन्डा पहिलो दिन सो वडाका वडाध्यक्ष अर्जुन चौलागाईं र अस्पताल अध्यक्ष प्रकाश पौडेललाई हस्तान्तरण गरिएको छ ।