दमक/ झापाको दमकमा आज थप ३ जना सशस्त्र प्रहरीसहित १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाका स्वास्थ्य निरिक्षक बद्री बरालका अनुसार संक्रमण पुष्टि हुनेमा २ जना समुदायका छन भने अन्य सबै क्वारेन्टाइनमा बस्दै आएका हुन् । संक्रमण पुष्टि भएकाहरु सबै पुरुष हुन् । उनीहरुलाई थप उपचारका लागि लैजाने व्यवस्था भईरहेको निरिक्षक बरालले बताए ।