दमक/   झापाको दमक २ स्थित रतुवा खोला किनारमा विपद व्यवस्थापन कार्य अन्तर्गत यस बर्ष १२ वटा स्पर निर्माण गरिएको छ । बेलडाँगी १ को उत्तरतर्फ रतुवा किनारमा ढुंगाको जाली बुनेर स्पर निर्माण् गरिएको हो । हंसेद’म्से वन क्षेत्रसहित आसपासको जमिन बर्षेनी खोलाले कटान गरेर वगरमा परिणत गर्ने गरेको र मानव वस्तीनै जोखिममा परेकोले त्यसबाट रोक्न स्पर निर्माण गरिएको वडाध्यक्ष प्रजापति सापकोटाले बताए ।


सापकोटाका अनुसार हंसेदुम्से वन रुक्षेत्रको जग्गा समेत बर्षेनी सो क्षेत्रको जमिन नदी कटानका कारण खोला बगरमा परिणत हुने गरेका कारण् यस बर्ष एकैसाथ ढुंगालाई फलामको तारमा बुनेर स्पर निर्माण गर्ने कार्य गरिएको  । नगरपालिकाका इञ्जिनियर अनन्त सेनिहाङले त्यहाँ यस बर्ष विपद व्यवस्थापन अन्तर्गत जाली बनाएर ढुंगाको  स्पर निर्माण गरिएको बताउँदै सो योजनामा के कति र कुन स्रोतबाट बजेट खर्चिइएको छ भन्ने बारे भने यकिन हुन बाँकी रहेको बताए ।

Facebook Comments Box