दमक/ नेपालमा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यससंगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३९ हजार ४६० जना पुगेको छ ।
पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा सो संख्यामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
देशभर ७१२१ ज्ना संक्रमितहरु होम आइसोलेसनमा रहेका छन् । पछिल्लो २४ घण्टामा थप ५८८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म २१ हजार ४१० उपचारपछि निको भएका छन् ।
पछिल्लो २४ घण्टामा देभभर ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या २२८ पुगेको छ ।