दमक/ गएराती झापासहित प”र्वका विभिन्न जिल्लामा भारी बर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले झापा, मोरङ, सुनसरी, इलाम लगायतका जिल्लामा बर्षा भएको जनाएको छ ।
बर्षाका कारण कन्काइ नदीको तल्लो तटिय क्षेत्र, मेची, विरिङ, मावा लगायतका खोलामा पानीको बहाब बढ्ने तथा आकस्मिक बाढी आउने भएकाले आज बिहान १० बजे सम्म सो क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ ।
हाल मनसुनको न्युन चापीय रेखा पूर्वी र मध्य भूभागमा नेपाल नजिक रहेकाले आज दिउँसो तथा राती देशभर सामान्यतया बदली रहि धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

Facebook Comments Box