दमक/ गत भाद्र १२ गते स्वाव संकलन गरिएका दमकका ११६ जना मध्ये थप ७ जनाको पीसिआर रिपोर्ट नेगेटिभ आएको छ । यस अघि सय जनाको रिपोर्ट नेगेटिभ आएकोमा आज बिहान थप ७ जनाको नेगेटिभ रिपोर्ट प्राप्त भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रतिनिधि एवम् क्वारेन्टाइन व्यवस्थापन समितिका सचिव  कुवेर भट्टराईले जानकारी दिए ।  सो दिनका ११६ मध्ये अझै ९ जनाको रिपोर्टको पर्खाईमा दमक रहेको छ । उनीहरु सबै यस अघि संक्रमण देखिएकाहरुको कन्ट्रयाक टेसिङमा परेका व्यक्ति भएको बताइएको छ ।

Facebook Comments Box