धरान/ धरानस्थित वीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठनमा रहेको धरान कोभिड १९ अस्पताल प्रमुखले एकाएक राजीनामा दिएकी छन् । अस्पताल प्रमुख डा. कृष्णा पोखरेलले सोमबार उपकुलपति ज्ञानेन्द्र गिरी समक्ष राजीनामा ब’झाएकी अस्पताल स्रोतले जनाएको छ ।
स्रोतका अनुसार कोभिड १९ को उपचारका लागि अस्पतालमा चाहिने भन्दा फरक किसिमका औषधिको समेत माग फारम भर्न अनावश्यक दबाब आएपछि उनले राजीनामा परेको निकट स्रोतहरुले जनाएका छन् । पदबाट राजीनामा दिए पनि बिरामीको उपचार गर्ने जिम्मेवारीमा भने आफु निरन्तर लागिरहने उनको प्रतिबद्धता छ ।