गौरीगञ्ज/ झापाको गौरीगञ्ज –१ का एक जना कोरोना संक्रमितले आज कोरोना जितेर घर फर्किएका छन भने अर्का एक जनामा कोरोना पाजिटिभ देखिएको छ । साविक महाभारा ४ का ६० बर्षिय पुरुषमा संक्रमण देखिएको हो ।
यस अघि ति संक्रमितका ज्वाइँमा कोरोना पोजिटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी दिए । आजै ज्वाइँले कोरोना जितेर फर्किएपनि उनका ससुरामा संक्रमण देखिएको हो । निको भएका संक्रमितको गौरीगञ्जस्थित आइसोलेसनमा राखेर उपचार गरिएको थियो भने क्यान्सरबाट समेत पीडित रहेका उनका ससुरालाई भने आज मेची अस्पताल भद्रपुर उपचारका लागि पठाउने तयारी छ ।

Facebook Comments Box