दमक/ दमक –५ स्थित भृकुटी चोकमा आज साँझ भएको दुर्घटनाका घाईतेको अवस्था सामान्य रहेको छ ।
इलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख लिला श्रेष्ठका अनुसार कारले मोटरसाइकललाई ठक्कर दिदा भएको दुर्घटनामा मोटरसाइकल चालक जे विमली सामान्य घाईते भएका छन् ।
उनको प्रारम्भिक स्वास्थ्य अवस्था सामान्य रहेको र सिटी स्क्यानका लागि विर्तामोडस्थित वीण्डसी हस्पिटल पठाईएको उनले बताए । दुर्घटनामा संलग्न सवारी साधन इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको जनाइएको छ । साँझ करिब ६.१० बजे भृकुटी चोकमा बजार तर्फबाट आइरहेको प्रदेश १०१ ००च ७४७५ नम्बरको कारले मोटरसाइकललाई मोटरसाइकल चालक बिमली सामान्य घाइते भएका थिए ।

Facebook Comments Box