दमक/ झापाको शिवसताक्षी ११ का गोमनसिंह मगरको आफनै साथीले आर्थिक लेनदेनका कारण हत्या गरेको प्रहरीले निष्कर्ष निकालेको छ ।
१७ भाद्रको बिहान १० बजेतिर सतासीधाम जाने बाटोमा हत्या गरेर फ्याँकिएका २९ बर्षिय मगरको उनकै साथी शिवसताक्षी ८ बस्ने ३२ बर्षिय मनकुमार लिम्बुले कर्द प्रयोग गरी घाँटी रेटेर हत्या गरेको निष्कर्ष निकालेको हो ।

आरोपित लिम्बु



१ नं. प्रदेश प्रहरी कार्यालयबाट क्षेत्रीय अनुसन्धान समुह, जिल्ला प्रहरी कार्यालय झापाको टोली र संघीय प्रहरी ईकाई कार्यालय धरानबाट डग शाखाको केनाईनको संयुक्त अनुसन्धान टोलीले घटनास्थलमा पुगेर गरेको अनुसन्धानका क्रममा सो अपराध गराउने व्यक्तिको पहिचान गरी आवश्यक सोधपुछका क्रममा मगरको हत्या लिम्बु’लेनै गरेको निचोड निकालेको हो ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार घटनाको दिन १६ भाद्रमा साँझतिर मगरलाई लिम्ब’ले बोलाएर फ्रेस हुन सतासीधामतिर जाउँ भनि बाइक पछाडी बसेर एकान्त ठाउँमा पुगेपछि एक्कासी घाँटीमा धारिलो हतियार रेटेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
आरोपित लिम्बुलाई १९ भाद्र अर्थात हिजो शुक्रबार पक्राउ गरिएकोले भोली आइतबार जिल्ला अदालतबाट कर्तव्य ज्यान सम्बन्धि मुद्धामा म्याद थपको आदेश लिई थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।