गौरीगञ्ज/ गौरीगञ्ज गाउँपालिका वडा नं.३ ले वडाका सर्वसाधारणलाई पीसिआर परिक्षणसहित एक लाख रूपैयाँको कोरोना विमा गरिदिने भएको छ ।
वडा नं. ३ भित्रका ईच्छुक सर्वसाधारणको पीसीआर परिक्षण सहित १ लाख रूपैयाँको कोरोना विमा गरिदिने भएको हो ।
गौरीगंज गाउँपालिकामा समुदायस्तरमा कोरोना संक्रमित भेट्न थालेपछि पहिलो चरणमा वडा नं. ३ भित्रका ५० जना सर्वसाधारणको पीसिआर परिक्षणसहित १ लाख रूपैयाँको कोरोना विमा गरिदिने वडाध्यक्ष मखना महतो जानकारी दिए ।

Facebook Comments Box