दमक/ झापाको शिवसताक्षी नगरपालिका वडा नं ६ मा ६ बर्षिय एक बालकसहित थप ५ जनामा कोरोना संक्रमण देखिएपछि स्थानीयहरु चिन्तित भएका छन् । संक्रमण देखिएकामा महिला धेरै छन् ।

केहि दिन अघि विर्तामोडस्थित एनआइसी एशिया बैंकमा कार्यरत सो ठाउँकी एक महिला कर्मचारीमा संक्रमण देखिएपछि उनको प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिहरुको पीसिआर परिक्षणका लागि स्वाव संकलन गरिएको थियो ।
ति मध्ये ६ बर्षिय एक बालकसहित अरु २ महिलामा हिजो संक्रमण पुष्टि भएको वडा नं ६ का वडाध्यक्ष मनोज खुलालले बताए ।  त्यस्तै अर्का एक फलफुल व्यापारीसंगको सम्पर्कमा जोडिएका पनि दुई महिलामा कोरोना संक्रमण देखिएको बताइएको छ । यससंगै पछिल्लो समय वडामा संक्रमितको संख्या ७ पुगेको छ । त्यस अघि पनि सो वडामा विदेशबाट आएका अरु ३ जनामा संक्रमण देखिएको थियो । उनीहरु भने निको भएर घर फर्किएका वताइएको छ ।

Facebook Comments Box