उदयपुर/ २६ भाद्र
उदयपुरको चौदण्डीगडी नगरपालिका ५ की ६१ बर्षीया सिलमन्ती चौधरीको करेन्ट लागेर मृत्यु भएको छ ।
आज बिहान ८ बजे आफ्नै घरको कलमा जडान गरेको पानी तान्ने मोटर चलाउने क्रममा मोटरमा जडान गरिएको तारबाट अचानक करेन्ट लाग्दा चौधरीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय सुन्दरपुरबाट प्रहरी टोली खटि गई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Facebook Comments Box