दमक/नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या चार सय नाघेको छ । शनिबार आज एकै दिन ११ जना कोरोना संक्रमितको मृत्यु भएसंगै मृतकको संख्या ४०१ पुगेको हो ।
शनिबार मात्रै आठ वटा जिल्लाका ७ महिला र ४ पुरुष गरी ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मोरङमा ६५, रौतहटमा ५१, सर्लाहीमा ५६, ललितपुरमा ७६ र ६८ वर्षीया महिला र ६० वर्षीय पुरुषको मृत्यु भएको छ ।
गत २४ घण्टामा काठमाडौमा ७७ वर्षीया महिला र ७५ वर्षीय पुरुष, मकवानपुरमा ३७ वर्षीया महिला, रुपन्देहीमा ६९ वर्षीय पुरुष र बाँकेमा ४५ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।