दमक/पछिल्लो २४ घण्टामा नेपालमा थप १३२५ जनामा कोरोना पोजिटिभ देखिएको छ । भने १० जना संक्रमितको मृत्यु भएको छ । यससंगै नेपालमा कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ ।
त्यस्तै मृतकको संख्या ४११ पुगेको छ । ७ वटा जिल्लाका ६ महिला र ४ पुरुष गरी १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंमा मात्र ४०, ६०, ६३ वर्षीया महिला र ८२ वर्षीय पुरुषको मृत्यु भएको छ । धनुषामा ७६ वर्षीय पुरुष, ललितपुरमा ७५, भक्तपुरमा ७२ वर्षीया महिला, चितवनमा ८० वर्षीय पुरुष, रुपन्देहीमा ६७ वर्षीय पुरुष र पाल्पामा ४० वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
स्वासथ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हाल देशभर १७ हजार ४७८ जना सक्रिय संक्रमित छन् । हालसम्म ४६ हजार २३३ जना निको भएका छन । पछिल्लो २४ घन्टामा ९५८४ जनाको पिसिआर परीक्षण भएको छ ।