दमक/ आज झापाको दमकमा एकैदिन ठुलो संख्यामा कोरोना संक्रमित थपिएका छन । गत असोज २ गते स्वाव संकलन गरिएका १४० मध्येका १४ जनाको पीसिआर रिपोर्ट आज पोजिटिभ आएको हो ।
दमक नगरपालिकाका क्वारेन्टाइन व्यवस्थापन समिति सचिव कुबेर भट्टराईका अनुसार आज पोजिटिभ देखिएकामा १८ देखि ६५ बर्ष उमेर समुहका छन । भने ८ पुरुष र ६ महिला हुन । आज सम्ममा दमकमा कोरोना पोजिटिभ देखिनेको संख्या १५७ पुगेको छ तिमध्ये १२७ जना कोरोनाको उपचारपछि निको भएका छन ।

Facebook Comments Box