विराटनगर/ टेलिफोन जडानमा प्रयोग हुने नेपाल टेलिकमको तार चोरी गर्ने ४ जना विराटनगर ४ स्थित जामुनगाछीबाट पक्राउ परेका छन ।
पक्राउ पर्नेमा विराटनगर–६ का २१ बर्षीय विजय सहनी, १८ बर्षीय राज सहनी, २१ बर्षीय रविन सहनी र १९ बर्षीय सुमित सहनी रहेका छन । यही असोज १ गते विराटनगर महानगरपालिकाको विभिन्न स्थानहरुबाट टेलीकमको तार चोरी भएको उजुरी परेपछि खोजीका क्रममा उनीहरु पक्राउ परेका हुन ।
गएराती ८ बजे जामुनगाछीबाट चारै जनालाई पक्राउ गरिएको हो । साथै उनीहरुले चोरी गरी लगेको नेपाल टेलीकमको १५० पेयरको २२० मिटर केवल तार समेत बरामद गरिएको छ । यसै गरी उनीहरुले प्रयोग गर्ने को ९ प ४१५८ नम्बरको यमाहा मोटरसाईकल समेत नियन्त्रणमा लिईएको र चारै जनामाथि चोरी ऐन अन्तर्गत कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।