दमक/ पछिल्लो २४ घण्टामा नेपालमा १३१३ जना कोरोना संक्रमित थपिएका छन भने थप ६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा गरिएको १२ हजार २६२ नमुना जाँचमध्ये १ हजार ३१३ जनाम संक्रमण देखिएको हो । योसँगै संक्रमितको कूल संख्या ७० हजार ६१४ पुगेको छ । देशभर १८ हजार २९९ जना संक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ । त्यस्तै शुक्रबार ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ५९ पुगेको छ ।
३ महिला र ३ पुरुष गरी ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मोरङमा ६० वर्षीया महिला र ५५ वर्षीय पुरुष, सप्तरीमा ७० वर्षीय पुरुष, ललितपुरमा ५१ वर्षीय पुरुष, काठमाडौंमा ७५ र कपिलवस्तुमा ७० वर्षीया महिलाको मृत्यु भएको छ । यसअघि बिहीबार नेपालमा १७ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

Facebook Comments Box