दमक/ झापामा १० कैदीसहित १४ जनामा आज कोरोना संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्ला कारागार भद्रपुरमा रहेका १० देखि ६० बर्ष उमेरका कैदी बन्दीहरुमा कोरोना पोजिटिभ देखिएको हो ।
त्यसैगरी विर्तामोडमा १, झापा गाउँपालिकामा २ र शिवसताक्षीका १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाइँले जानकारी दिए । अहिले सम्म झापामा संक्रमितको संख्या ८३६ पुगेको छ भने डिस्चार्ज हुनेको संख्या ७५७ रहेको छ । अहिले आइसोलेसनमा झापाका ७३ जना सक्रिय संक्रमित रहेका पनि जनाइएको छ भने संक्रमणका कारण जिल्लामा ६ जनाको मृत्यु भइसकेको छ ।

Facebook Comments Box