दमक/दमकमा एमआई मोवाइलको आधिकारीक विक्रेता एस एण्ड एस सप्लायर्सले सोमबारदेखि दमकमा ग्लोबल टेक्नोलोजी साओमीको स्मार्ट टेलिभिजनको बिक्री शुरु गरेको छ ।
मी टिभी ४ एक्स (५५) र मी एलईडी टिभी ४ ए–प्रो (४३) नेपाली बजारमा बिक्री सुरु भएसंगै दमकको फर्निचर लाइनमा अवस्थित एस एण्ड एस सप्लायर्सले सोको बिक्री शुरु गरेको प्रोप्राइटर खेम सापकोटाले जानकारी दिए ।

आउँदो दसैं–तिहार पर्वलाई लक्षित गरेर सुलभ मुल्यमा ठुलो आकारको स्मार्ट टिभी कम्पनीले बजारमा ल्याएको उनले बताए । सो स्मार्ट टेलिभिजनको दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले सार्वजनिक गरे ।
कम्पनीका अनुसार मी टिभी ४एक्स (५५ इन्च) मा ४ के १० बिट एचडीआर डिस्प्ले सुविधा, इन–हाउस इमेज प्रोसेसिङ अल्गोरिदम, भिभिड पिक्चर इञ्जिन, २० वाटको स्पिकर डल्वी अडियो र डीटीएस एचडीलगायत सुविधा छन् ।
कम्पनीले उक्त टिभीमा गुगलको नयाँ एन्ड्रोइड टिभी ९.० को साथ गुगल एसिसटेन्ट, युट्युब, क्रोमकास्ट, गुगल प्ले स्टोर र डाटा सेभरजस्ता विशेषता रहेको जनाएको छ ।
कम्पनीले मी टिभी ४एक्स (५५) २०२० संस्करण ६४ हजार ९ सय ९९ र मी एलईडी टिभी ४ए प्रो (४३) को ३९ हजार ९ सय ९९ रुपैयाँ मूल्य तोकेको छ । दुवै टिभीका लागि बुकिङ सुरु गरिएको कम्पनीले जनाएको छ ।
सो सप्लायर्सका अर्का प्रोप्राइटर लोकनाथ सापकोटाले सो सार्वजनिक कार्यक्रममा सहभागीहरुलाई स्वागत गरेका थिए । सो अवसरमा संघका अध्यक्ष श्रेष्ठ, पूर्व अध्यक्ष प्रकाश प्रसाइँ, संघका कार्य समिति सदस्यहरु मोहन ढकाल, चन्द्र खत्री, दमक मोवाइल ब्यवसायी संघका अध्यक्ष भेनस श्रेष्ठ लगायत व्यवसायीहरुको उपस्थिती रहेको थियो ।

Facebook Comments Box