दमक/ पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणका कारण थप १० जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मोरङका ६८ वर्षीय एक पुरुष, सर्लाहीकी ७२ वर्षीय एक महिला, महोत्तरीका ५८ वर्षीय एक पुरुष, काठमाडौंकी ५७ वर्षीय एक महिला र ६० र ७० वर्षीय दुई पुरुष, चितवनका ५५ वर्षीय एक पुरुष, बाँकेकी ७६ वर्षीय एक महिला र ५३ र ३९ वर्षीय दुई पुरुषको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४९१ पुगेको छ । सोही अवधिमा देशभर थप १ हजार ५१३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या ७६ हजार २५८ पुगेको छ ।
नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ । पछिल्लो २४ घन्टामा ७३१ जना डिस्चार्ज भएका छन् ।

Facebook Comments Box