दमक/ दमकमा आज थप चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । एक महिलासहित चार जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ति महिलाको स्वाव नोबेल अस्पतालमा संकलन गरिएको थियो ।
आज संक्रमण देखिएका सबै समुदायका हुन । वडा नं १, ५ , ७ र ८ नम्बर वडाका एक एक जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । दमकसंगै आज झापाको भद्र्र्रपुर र अर्जुनधाराका पनि ५ जनामा संक्रमण देखिएको जनाइएको छ । अर्जुनधाराका २ र भद्रपुरका ३ जनामा संक्रमण देखिएको छ ।