दमक/नेपालमा एकैदिन अहिले सम्मकै सबैभन्दा धेरै २ हजार ७ सय २२ जनामा कोरोना संक्रमण देखिएको छ ।
नेपालमा एकैदिन यति ठुलो संख्यामा नयाँ संक्रमित थपिएको यो पहिलो हो । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा पीसिआर बिधिबाट कोरोना परिक्षण गरिएकोमा सो संख्यामा संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज नियमित प्रेस ब्रिफिङमा जनाइएको हो । त्यसैगरी शुक्रबार ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५ सय २० पुगेको छ ।
आठ वटा जिल्लाका ४ महिला र ७ पुरुष गरी ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मोरङमा २७, ललितपुरमा ३२ र ७० वर्षीय पुरुष, भक्तपुरमा ६१ र ५१, काठमाडौंमा ६७ वर्षीया महिलाको मृत्यु भएको छ । मकवानपुरमा ७८, रुपन्देहीमा ६०, बाँकेमा ५२ र ५९ वर्षीय पुरुष र सुर्खेतमा ७५ वर्षीया महिलाको मृत्यु भएको छ । नेपालमा संक्रमितको कूल संख्या ८२ हजार ४५० पुगेको छ । त्यस्तै २४ घण्टामा ३ हजार ३०७ जना डिस्चार्ज भएका छन् । देशभर २१ हजार २३४ जना सक्रिय संक्रमित छन् ।

Facebook Comments Box