दमक/ झापा दमक ७ की एक ६८ बर्षिया एक कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ । दमक ७ की ति महिलाको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा आज बिहान मृत्यु भएको हो ।
उनी अस्पतालमा भर्ना हुँदा आफन्तले विराटनगर ३ ठेगाना लेखाएका भएपनि दमक ७ वास्तविक ठेगाना हो । गत असोज ११ गते कोरोना देखिएपछि अस्पताल भर्ना भएकी उनको आज बिहान करिब सवा २ बजे मृत्यु भएको केन्द्रका व्यवस्थापक ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिए । उनी दम र खोकीबाट पीडित थिइन । श्वास प्रश्वासमा समस्या पछि उनलाई अस्पताल भर्ना गरी स्वाब परिक्षण गरिएको थियो । सो क्रममा कोरोना पोजिटिभ देखिएको पारिवारिक स्रोतले जनाएको छ ।