दमक/दमक ६ स्थित सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले आसन्न ११ औं बार्षिक साधारण सभाको प्रतिवेदन संस्थाका सदस्यहरुलाई कार्यालयबाटै वितरण गर्दैछ । संस्थाका निर्देशक अरुण भण्डारीले कोरोना संक्रमणका कारण आलोपालो गरेर भौतिक दुरी कायम राख्दै फरक फरक एरियाका सदस्यहरुलाई फरक फरक दिनमा उपस्थित भएर प्रतिवेदन बुझन र राय सुझाव राख्न समय दिइएको जानकारी दिए ।
१८ असोज ( भोली आइतबार) देखि २३ असोज सम्म संस्थाको कार्यालय र बेलडाँगीस्थित शिवालय मन्दिरबाट समेत संस्थाका सदस्यहरुलाई प्रतिवेदन उपलब्ध गराइने उनले बताए ।
निर्देशक भण्डारीले सहकारी विभाग र स्थानीय सरकारको समेत निर्देशन पालना गर्दै यस बर्ष आफना सदस्यहरुलाई प्रतिवेदन उपलब्ध गराउने र प्रतिवेदनमाथि आवश्यक सुझावहरु संकलन गरिने बताए । संस्थाले सामाजिक सञ्जाल, अनलाइन न्यूज पोर्टल लगायतका आधुनिक प्रविधिको उच्चतम सदुपयोग गर्दै सार्वजनिक सूचना मार्फत सदस्यहरुलाई प्रतिवेदन बुझन कार्यलयमै बोलाएको संस्थाका कर्मचारी दिपक नेपालले बताए । सो संस्थाले गत आर्थिक बर्ष २०७६/०७७ मा एक अर्ब ३७ करोडको हाराहारीमा कारोबार गरेको जनाइएको छ । संस्थामा करिब ६ हजार सदस्य संख्या रहेको छ ।
हेर्नुहोस साधारण सभामा उपस्थित हुन गरिएको सूचना जस्ताको तस्तै