दमक/ दमक ६ स्थित सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले ११ औं बार्षिक साधारण सभाको प्रतिवेदन संस्थाका सदस्यहरुलाई वितरण गर्न शुरु गरेको छ । आज संस्थको कार्यालय परिसरमा आयोजित सक्षिंप्त कार्यक्रममा अध्यक्ष टिकाराज सापकोटाले प्रतिवेदन सार्वजनिक सदस्यहरुलाई हस्तान्तरण गरेर साधारण सभाको उदघाटन गरे ।
विश्वमा फैलिएको कोरोना महामारी र यसबाट उत्पन्न असहज परिस्थितीसंगै सरकारले गरेको निर्देशन अनुसार सदस्यहरुलाई आलोपालो गरेर भौतिक दुरी कायम राख्दै प्रतिवेदन उपलब्ध गराएर साधारण सभा शुरु गरिएको संस्थाका कर्मचारी इश्वर नेपालले बताए । उनले सो अवसरमा फरक फरक क्षेत्रका सदस्यहरुलाई फरक फरक दिनमा उपस्थित भएर प्रतिवेदन बुझन र राय सुझाव राख्न समय दिइएको बताए ।
आज (आइतबार) दमक वडा नं ४ र ६ का सदस्यहरुलाई कार्यालय भवनबाटै प्रतिवेदन उपलब्ध गराइनेछ भने सोमबार दमक ७ र ८ मंगलबार वडा नं १ र २, बुधबार ५ र ९ का साथै बिहिबार दमक १०, कमल गाउापालिका, गौरादह नगरपालिका र शिवसताक्षी नगरपालिकाका सदस्यहरुलाई पनि कार्यालय भवनबाटै प्रतिवेदन उपलब्ध गराइने जारी सूचनामा उल्लेख छ । २३ असोजमा संस्थाको कार्यालय र बेलडाँगीस्थित शिवालय मन्दिरबाट दमक ३ का सदस्यहरुका साथै त्यस अघि सहभागी हुन नसकेका सदस्यहरु सबैलाई प्रतिवेदन उपलब्ध गराइनेछ । संस्थाका निर्देशक अरुण भण्डारीले सहकारी विभाग र स्थानीय सरकारको समेत निर्देशन पालना गर्दै यस बर्ष आफना सदस्यहरुलाई प्रतिवेदन उपलब्ध गराउने र प्रतिवेदनमाथि आवश्यक सुझावहरु संकलन गरिने जनाएका छन ।
सवा अर्ब भन्दा बढीको कारोबार
सो संस्थाले गत आर्थिक बर्ष २०७६/०७७ मा सवा अर्ब भन्दा बढीको कारोबार गरेको सार्वजनिक प्रतिवेदनमा उल्लेख छ । वितरित प्रतिवेदनमा जनाइए अनुसार संस्थाले एक अर्ब ३७ करोडको हाराहारीमा कारोबार गरेको जनाइएको छ । कोरोना महामारीका बाबजुद संस्थाका सदस्यहरुले उल्लेख्य मात्रामा कारोबार गरेको संस्थाका निर्देशक अरुण भण्डारीले जनाएका छन । संस्थामा करिब ६ हजार सदस्य संख्या रहेको छ ।
मोबाइलबाटै पाउन सकिन्छ सेवा सुविधा
सूर्यदर्शन सहकारीले सञ्चालनमा ल्याएको मोवाइल बैंकिङ सेवा अन्तर्गत क्यू आर कोडको माध्यमबाट काउण्टर तथा बजार प्रतिनिधिहरुबाट संस्थाको चेक बिनै नगद भुक्तानी लिन सकिने व्यवस्था चालू राखेको छ ।
हालै सञ्चालनमा ल्याइएको सो सुविधा हाल करिब एक हजार सदस्यहरुले गरिरहेका संस्थाका कर्मचारी दिपक नेपालले बताए । त्यसैगरी सबै बैंकमा सूर्यदर्शनको खाताबाट सजिलै रकम ट्रान्सफर गर्न सकिने र बैंक खाताबाट सहकारीको खातामा सजिलै रकम ट्रान्सफर गर्न सकिने व्यवस्था पनि गरेको छ । सहकारीले हालै कार्डलेस एटिएम सेवा मार्फत सिभिल बैंकको कुनै पनि एटिएमबाट विना कार्ड एपको सहयोगमा रकम निकाल्न सकिने प्रविधिको समेत सूर्यदर्शनले प्रयोग शुरु गरेको निर्देशक भण्डारीले बताए । त्यस किसिमको कार्ड लेस एटिएम सेवा सञ्चालन गर्ने सूर्यदर्शन सहकारी नेपालमै पहिलो सहकारी भएको दाबी संस्थाले गरेको छ ।

Facebook Comments Box