दमक/दमक ६ स्थित बेलडाँगी रोडमा यसैबर्ष देखि आफनै भवनबाट कारोबार शुरु गरेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले यो बर्ष पहिलो पटक आफनै भवनमा बार्षिक साधारण सभाका कार्यक्रमहरु गर्दैछ । संस्था स्थापनाको ११ बर्षपछि यसपटकको साधारण सभा आफनै भवनमा गर्न सम्भव भएको हो ।

संस्थाका अध्यक्ष रवि केसीले आफनै भवनबाट कारोबार शुरु गरेर गरिमामय साधारण सभा गर्न पाउनु संस्था र आम सदस्यहरुका लागि गौरवको बिषय भएको बताएका छन ।
संस्थाका व्यवस्थापक कमल घिमिरेले कोरोना महामारीका कारण यसबर्षको ११ औं बार्षिक साधारण सभामा सदस्यहरुलाई कार्यलयका साथै विभिन्न पायक पर्ने स्थानहरुबाट प्रतिवेदन उपलब्ध गराउँदै सुझाव संकलन गरेर साधारण सभाको प्रकृया पुरा गरिने बताए ।
घिमिरेका अनुसार यहि भोली असोज २४ देखि २८ गते सम्म संस्थाको कार्यालय, शिवसताक्षी चोकस्थित प्रस्तावित भवन, बेलडाँगीस्थित शिवालय मन्दिर र गौरादहको धोबिनिया चोकमा आफना सदस्यहरुलाई फरक फरक दिनमा प्रतिवेदन बुझेर साधारण सभामा सहभागिता जनाउन आव्हान गरिएको छ । स्थानीय सञ्चार माध्यमहरु तथा सामाजिक सञ्जाल मार्फत त्यस्तो आव्हान गरिएको हो । तोकिएको मितिमा आफूलाई पायक पर्ने तोकिएका स्थानहरुमा उपस्थित भएर संस्थाको बार्षिक साधारण सभामा सहभागिता जनाउनका साथै राय सुझावहरु पेश गर्न सूचित गरिएको व्यवस्थापक घिमिरेले बताए ।

Facebook Comments Box