दमक/दमक –८ स्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाले २१ औं बार्षिक साधारण सभा तथा स्थापना दिवसको अवसर पारेर आज रक्तदान कार्यक्रम गरेको छ ।

संस्थाले आयोजना गरेको रक्तदानमा सञ्चालक समिति, विभिन्न उपसमितिहरु, शेयर सदस्यहरु समेत ५२ जनाले रक्तदान गरेका थिए ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकस्थित रक्तसञ्चार केन्द्रमा सो रक्तदान सम्पन्न भएको थियो ।


संस्थाले २१ औं बार्षिक साधारण सभाको कार्यक्रम भने भोली २९ असोजदेखि शुरु गर्ने जनाइएको छ । सञ्चालक समितिका अध्यक्ष जितमान राईले यस बर्ष कोरोना महामारीका कारण साधारण सभा अन्तर्गत सदस्यहरुलाई प्रतिवेदन वितरण र राय सुझावहरु संकलन गरिने बताए । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउदै सदस्यहरुलाई २९ असोजदेखि ४ गते सम्म साधारण सभामा सहभागिताका लागि आव्हान गरिएको उनले बताए ।

Facebook Comments Box