दमक/६५औं प्रहरी दिवसको अवसरमा आज १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले आयोजना गरेको रक्तदानमा १०१ जनाले रक्तदान गरेका छन ।  नेपाल रेडक्रस सोसाईटी मोरङ शाखा अन्तरगतको क्षेत्रीय रक्त सेवा विराटनगरको उपस्थितिमा रक्तदान गरिएको हो ।

कोभिड १९ का कारण देशैभर रगतको कमी भईरहेको बेला रक्तसञ्चार सेवामा रगत अभाव नहोस भन्ने हेतुले १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले ६५ औं प्रहरी दिवसको अवसर पारेर रक्तदान गरेको जनाइएको छ ।
रक्तदान कार्यक्रम चलिरहेकै समयमा कोशी अस्पताल बिराटनगरमा उपचाररत एक महिलालाई तत्काल रगत उपलब्ध गराईएको थियो ।

Facebook Comments Box