दमक/दमक ८ मा मुख्य कार्यालय रहेकोे कञ्चनजंघा बहुउद्धेश्यीय सहकारी संस्थाले यस अघि शुरु गरेको २० औं बार्षिक साधारण सभा आज बिहिबार सम्पन्न गरेको छ ।


केही दिन अघि शुरु गरेको साधारण सभामा सदस्यहरुको गणपुरक संख्याको उपस्थिती पूरा भएपछि आज औपचारिक कार्यक्रम गरी साधारण सभा समपन्न गरिएको व्यवस्थापक निलकण्ठ निरौलाले जानकारी दिए । संस्थाका अध्यक्ष मणिकुमार भण्डारीले साधारण सभाको समापनका अवसरमा आज संस्थाको बार्षिक प्रतिवेदन करिब एक हजार सदस्यहरुले बुझेका र केही सदस्यहरुले सुझाव समेत राखिसकेको बताए । उनले सदस्यहरुबाट आएको सुझावलाई सञ्चालक समितिले सकारात्मक रुपमा लिएर ग्रहण गरेको बताए ।


सो संस्थाले कोरोना संक्रमणका बाबजुद गत आर्थिक बर्ष २०७६/०७७ मा ५० करोड हारहारीमा कारोबार गरेको प्रतिवेदनमा जनाइएको छ । संस्थाले दुर्घटना बीमा, सुत्केरीलाई पोषण, मृतक सदस्यहरुलाई राहत, जटिल रोगको उपचारमा राहत जस्ता विभिन्न किसिमका सदस्यको सेवामुखी कार्यक्रमहरु ल्याएको संस्थाका अध्यक्ष भण्डारीले बताए ।
कोरोना संक्रमणका कारण उत्पन्न उपरिस्थिति अनुसार संस्थाले साधारण सभाको प्रकृया पुरा गरेको संस्थाका सञ्चालक समिति सदस्य भरत चौंलागाईले बताए । सो संस्थाका कूल करिब १ हजार ४ सय सदस्य मध्ये १ हजार हाराहारीमा सदस्यहरु साधारण सभामा सहभागी भएका सो अवसरमा जानकारी गराइएको थियो । सो अवसरमा संस्थाका लेखा सुपरिवेक्षण समिति सदस्य हरिप्रसाद न्यौपानेले लेखा समितिका तर्फबाट प्रस्तुत गरिने प्रतिवेदनको सार संक्षेप प्रस्तुत गरेका थिए भने व्यवस्थापक निरौलाले लेखा परिक्षणको प्रतिवेदनको सार संक्षेप प्रस्तुत गरेका थिए ।

Facebook Comments Box