दमक/दमक ६ स्थित द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले नवौ बार्षिक साधारणसभा बिहिबार सम्पन्न गरेको छ । संस्थाको कार्यालयमा एक कार्यक्रम गरि यसवर्षको साधारणसभा औपचारिक रुपमा सम्पन्न गरेको संस्थाका सचिव ज्ञानु पौडेलले बताए ।
साधारणसभाको कार्यक्रम यसवर्ष विश्वभर फैलिएको कोरोना महामारीका कारण स्वास्थ्य सावधानी अपनाएर चरणवद्ध गरिएको उनले वताए । जसअनुसार दमकसहित कमलको केर्खा सेवा केन्द्र,कन्काइको सुरुङा सेवा केन्द्र र विर्तामोड सेवा केन्द्रवाट सदस्यहरुलाई प्रतिवेदन वितरण गर्नुका साथै त्यहाँबाट राय,सुझाव संकलन गरिएको संस्थाका उपाध्यक्ष रोशन गौतमले बताए ।

झापा जिल्लाभरि कार्यक्षेत्र रहेको सहकारीमा गतवर्षसम्म ६ हजार ६ सय शेयर सदस्य रहेका छन् । त्यस अवधिमा संस्थाको कुल शेयर पूंजी ५ करोड ९७ लाख ३४ हजार २ सय ,४० करोड ३५ लाख २७ हजार २ सय १९ निक्षेप र कर्जा लगानी ४४ करोड १५ लाख २९ हजार ६ सय ७९ रुपैया रहेको व्यवस्थापक नवराज बाँस्तोलाले वताएका छन् । त्यस अवधिमा नै संस्थाले ५१ करोड ८० लाख ७६ हजार ६ सय १६ रुपैयाको कुल कारोवार गरेको थियो ।
साधारणसभा समापनका क्रममा अध्यक्ष दिपक खरेलले कोभिडका कारण यसवर्षको साधारणसभा चरणवद्ध रुपमा गरिएको वताउदै आगामी दिनमा जिल्लाको धुलावारी,वुद्धशान्तिको बुधबारे वजारमा पनि सेवा केन्द्र सञ्चालन गर्न तयारी भईरहेको जानकारी दिए । त्यस अवसरमा संस्थाका उपाध्यक्ष रोशनकुमार गौतम,सचिव ज्ञाननाथ पौडेल, कोषाध्यक्ष यामजी श्रेष्ठ, सञ्चालकहरु,कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments Box