दिपेन्द्र अधिकारी
एक दिनको कुरो थियो ..
राम, श्याम, धने र म संगै स्कुल जान घरबाट निस्कियौ । गफ गर्दै साथीभाइ हरूसंग , टिनएजर भएर होला उरन्ठेउला पनि थियौ ।
ऋघि अघि ज्ञान प्रसाद सर चुरोट पिउदै हड्नु भएको थियो । उहाँले हामीलाई नैतिक शिक्षा पढाउनु हुन्छ ।
हामी उहाँको पछी पछी थियौ । हामी पछी पछी भएको सरले थाहा पाउनु भएन । स्कुल पुग्यौ एकछिन पछी पाले दाईले घन्टी मार्नु भो पिटी खेलि, रास्ट्र गान गाएर कक्षाकोठामा गयौ ।
आजको तेस्रो क्लास ज्ञान प्रसाद सरको थियो ।
बिषय थियो कसरी स्वस्थ्य समाज वनाउने र आफु पनि नैतिकबान संगै स्वस्Þ्थ्य रहने । अबस्य धुम्रपान सम्बन्धी कुरा त आउने नै भयो । ज्ञान प्रसाद सर भन्दै जानु हुन्छ । चुटोट पिउनु स्वास्थ्यको लागि हानिकारक हुन्छ, एक खिलिले चुरोटले एक सेकेन्ड आयू घट्छ । पुस्तकमा जे जे लेखिएको त्यो सुनाउदै जानु भयो । हामी सुन्दै गयौ ।
पछी बातावरणको कुरा आयो । सर भन्नु हुन्छ हामीले फोहोर जाहाँ पायो त्यहीं फाल्नु हुन्न भन्दै गर्दा , धने साथीको हाँसो रोकिएन, खितिति गरेर हाँस्न थाल्यो, हामी पनि हास्यौ, र सबै कक्षाका साथीहरूपनि हास्न थाले ।
ज्ञान वहादुर सर त छक्क पर्नुभो । किन तेस्तो हास्नु पर्ने ? बिषय बस्तुत केहि पनि पढाएको थिईन । नहास बदमासहरूहो ! शान्त शान्त भन्दै सम्झाउनु भयो र पछि सबै शान्त भयौ । र क्रमस अरू कलास लिएर स्कुल सकिएपछी हामी मिल्ने चार साथी हरू संगै फर्कने क्रममा ज्ञान प्रसाद सरले आजसाँझ तिमीहरूको घरमा आउँछु अभिभाबक संग मिल्न र तिमिहरूले अनुशासन नजानेका कुरा साथै सामान्य ज्ञान पनि नसिकेको कारण सोध्न । भन्दै सर हिड्नु भयो । हामी पनि डराई डराई घर फर्किउ । घरमा पनि खबर पुगिसकेको रहेछ ।
हामी सबैको घर नजिकै छ । त्यस दिन सबै धने भन्ने साथीकोमा जम्मा भयौ । साँझ दुईजना सरहरू आउनु भयो ।
सरले सबैलाई अभिबादन गर्दै छलफल सुरू गर्नु भयो । बाबु नानीहरूलाई घरबाट पनि सामान्य ज्ञान सिकाउनु होला । नसिकाएकै कारणले आज यि बिद्धार्थी भाईहरूको आचरण नराम्रो भएको छ भन्नु भयो । सुनेपछी तेही हाम्रा बाबाहरूले मज्जाले पिट्दै गाली गर्नु भएको । किन सरले पढाउदा फेरी हासेको भन्दै ?
पिटाईको पिडा सहन नसकिने भैसक्यो र चुप लाग्न नसकेर मैले बाबालाई भन्न थाले । हो बाबा आज पहिला धने हास्यो र हामि पनि हास्यौ । तर तपाइँहरूले हामीलाई किन हाँस्यौ भनेर प्रेम भाब संग सोधेको भए हामी कारण भन्थेउ । कारण नसोधि सरले भनेको भरमै पिट्नु भो ।
लौ बज्जीया हो भन किन हाँस्यौ त ?
साथी रामले सबैलाई सम्झायो । यसरी बाटोमा यस्तो देखियो । बिहान सरको गराई र पछि हामीलाई सिकाईको बिच मेल खाएन । उल्टो थियो र हास्यौं । सरी अब आईन्दा सर, गुरूहरू प्रति कहिलेपनि हास्दैनम भनेपछी । बाबाहरूले हामीलाई अंगालो मार्दै सरी बाबुहरू भन्नु भयो र सरहरूलाई जानुस तपाईहरू आज भन्नु भयो ।
ज्ञान प्रसाद सर आफै लज्जित हुनुभयो । मुखै रातोपीरो गर्दै सर भन्नु हुन्छ , बाबुहरूलाई सिएकाएको भनेकोत त आज तिमीहरूले नै मेरा आँखा खोलिदियौं । बास्तबमा हो मैले किताब पढेर जे लेखेको छ त्यही सिकाएँ तर व्यवहारिक जिवनमा पनि लागु गर्नु पर्छ भन्ने कुरा पटक्कै महसुस गरेको थिईँन ।
आज मेरा विद्यार्थी नै आज मेरा गूरू भयौ ।
अब देखि म जे पढाउँछ त्यही आफ्नै जिवनमा पनि लागु गर्छु भन्दै । सबैलाई अभिवादन गर्दै सरहरू आ आफ्नो घर फर्कीनु भयो ।

पोखरा, हाल जापान

Facebook Comments