दमक/ दमकका औषधि व्यवसायी एवम सामाजिक नेतृत्वकर्ता रण बहादुर थापा ( आरबी) को आज निधन भएको छ ।

करिब २ साता अघिदेखि फोक्सोमा समस्याका कारण विराटनगरस्थित नोवेल अस्पतालमा उपचाररत उनको आज मृत्यु भएको हो । उनलाई भेन्टिलेटरमा राखिएको थियो ।
चिकित्सकहरुले दिउँसो उनको स्वास्थ्य अवस्था सुधार हुने सम्भावना नदेखेपछि भेन्टीलेटरबाट निकालेर दमक तर्फ ल्याउने क्रममा मृत्यु भएको बताइएको छ । उनी दमक जेसीजका पूर्व अध्यक्ष हुन । दमक चोकमा दर्पण फार्मेसी सञ्चालन गर्दै आएका दमक २ का स्थायीबासिन्दा उनको आज साँझ नै रतुवा नदीमा दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ । थापाका बुबा खडग बहादुर थापाको हिजो आईतबार करिब साढे ३ बजे ९१ बर्षको उमेरमा निधन भएको थियो । बाबुको मृत्यु भएको २४ घण्टा भित्रैमा छोराको आज दिउँसो करिब ३ बजे ५१ बर्षको उमेरमा निधन भएको हो ।